पौष २६, पोखरा ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार(आज)पनि तराई/मधेशका धेरैजसो ठाउँमा हुस्सु लागेको छ ।
विषेशगरी देशभर पश्चिमी वायूको आंशिक प्रभावका कारण कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भागमा हुस्सु र कुहिरो तथा बाँकी तराई भागका थोरै ठाउँमा हुस्सु मात्र लागेको छ ।
तराई क्षेत्रमा लागेको हुस्सु र कुहिरोको कारण चिसो बढेकोले त्यहाँको दैनिक जनजीवन प्रभावित बनेको छ।
चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खान, काम नपरी घरबाहिर ननिस्कन, बालबालिका, वृद्धवृद्धा र दिर्घरोगीको विशेष ख्याल गर्न डाक्टरको सल्लाह छ ।
यस्तै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
त्यस्तै आज पोखराको मौसम सामान्यतया धेरै सफा र घाम लागेको छ । यहाँको आज बिहानको न्यूनतम तापक्रम करिब ५ देखि ७ डिग्री सेल्सियससम्म मापन गरिएको थियो।












