पौष २९, काठमाडौं ।।
तराईका केही स्थानमा मंगलबार(आज) बिहानदेखि हुस्सु लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोसमेत तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरोको अवस्था कायमै रहने सम्भावना रहेको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको पनि महाशाखाले जनाएको छ । यसका कारण मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मौसम आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा नै रहेको छ।
महाशाखाका अनुसार तराई क्षेत्रमा हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
विशेषगरी सवारी आवागमन, हवाई उडान तथा स्वास्थ्यमा यसको प्रभाव पर्न सक्ने हुँदा सचेत रहनुपर्ने बताइएको छ।












