देशभर मौसम मुख्यतया सफा, तर तराईमा कुहिरो कायमै
  • प्रमुख खबर

माघ १, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसकारण कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

यस्तै तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहने महाशाखाले जनाएको छ।

त्यस्तै बिहीबार(आज) पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

विषेशगरी तराई भू-भागमा बिहानीपख लगातारको हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन कष्टकर बनेको छ। यससँगै पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने समेत देखिएको महाशाखाले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्