माघ ०४, जनकपुर ।।
जनकपुरबाट धरानको भेडेटार गएर फर्किरहेको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शैक्षिक भ्रमणका लागि विद्यार्थी लिएर गएको बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरान प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक बच्चासहित ५ जनाको मृत्यु भएको खबर छ । १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
को १ ख ७११९ नम्बरको गाडी ब्रेक फेल भएर घुम्तीमा रहेको घरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।












