बैंकिङ ठगीदेखि फेक लिंकसम्म: पोखरामा डिजिटल सुरक्षा सचेतना कार्यक्रम हुँदै
  • संजय थापा

माघ ११, पोखरा ।।
पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल बैंकिङ र अनलाइन कारोबारको दुरुपयोग बढ्दै गएको छ । जति यसको दुरुप्रयोग बढ्दै गएको छ त्यतिनै अनलाइन स्क्याम तथा विभिन्न प्रकृतिका ठगीका घटनाहरु समेत बढेको छ ।

विषेशगरी यसलाई नियन्त्रण गर्ने उद्देश्यले पोखरामा यस विषयमा एउटा सचेतना कार्यक्रम आयोजना गरिएको छ। पोखरा जेसीज र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा “अनलाइन स्क्याम तथा विभिन्न प्रकृतिका ठगी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुन लागेको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख (एसपी) नवीन कार्कीको विशेष उपस्थित रहनेछ। पछिल्लो समय डिजिटल प्रविधिको तीव्र विस्तारसँगै नागरिकहरू बैंकिङ ठगी, ओटीपी ह्याक, फेक लिंक, लटरी प्रलोभन, सामाजिक सञ्जालमार्फत लगानी ठगी, ई–कमर्स ठगीजस्ता घटनाको जोखिममा पर्दै आएका बेला यस्तो कार्यक्रम समयसापेक्ष र आवश्यक पहलका रूपमा हेरिएको छ।

यस सचेतना कार्यक्रममा एसपी कार्कीले पछिल्ला दिनमा कास्की जिल्लामा देखिएका ठगीका नयाँ ट्रेन्ड, अपराधीहरूले प्रयोग गर्ने तरिका, सर्वसाधारणले अपनाउनुपर्ने सावधानी तथा ठगीमा परेपछि कानुनी उपचारका उपायबारे जानकारी दिनेछन्।

यस्तै डिजिटल सुरक्षासम्बन्धी व्यवहारिक सुझाव र प्रत्यक्ष अन्तरक्रिया पनि गरिने जनाइएको छ। आयोजक संस्थाहरूले व्यवसायी, युवा, विद्यार्थी, बैंक तथा वित्तीय संस्था, उद्यमी र सर्वसाधारणलाई सहभागी भई सचेतना अभिवृद्धि गर्न आग्रह गरेका छन्।

उनीहरूका अनुसार सचेतना नै ठगीविरुद्धको पहिलो सुरक्षा कवच भएकाले यस्ता कार्यक्रमले समाजलाई सुरक्षित बनाउन मद्दत पुग्नेछ। पोखरामा पहिलोपटक प्रहरी–व्यवसायी–युवा संस्थाको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रमले साइबर अपराध न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्