माघ १६, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी प्रदेश र मधेस प्रदेशको थोरै स्थानहरूमा हुस्सु लागेको छ।
यस्तै कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बादल लागेको छ। शुक्रबार (आज) दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ भने देशभर आंशिक बादल लाग्नेछ।
महाशाखाका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।












