माघ १७, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार(आज) कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार यी क्षेत्रका एक/दुई स्थानमा छिटपुट वर्षा पनि हुन सक्ने सम्भावना छ ।
तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ भने देशका बाँकी भू -भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै मौसमविद्का अनुसार केही दिन यता धेरै ठाउँमा घाम लागे पनि बिहान र बेलुका भने चिसो नै रहेको हुँदा स्वास्थ्यको विशेष ध्यान दिन आग्रह गरेका छन्।












