माघ १७, पोखरा ।।
साफ यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत शनिबार(आज)भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ।
पहिलो पटक काठमाडौं भन्दा बाहिर पर्यटकीय राजधानी पोखरामा आयोजना भएको आजको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो।
दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखाए पनि भारतले गरेको एक मात्र गोल नै निर्णायक बनेको हो।
सन् २०१८, २०२३ र २०२५ मा उपविजेतामै सीमित बनेको नेपाली टोली यसपटक घरेलु मैदान र स्थानीय समर्थकको उत्साहजनक साथलाई उपयोग गर्दै यस उमेर समूहमा पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो ।
तर घरेलु मैदान र दर्शकको साथ रहँदा- रहँदै पनि नेपालले आज भारतसँग हार बेहोरेको छ । अब दोस्रो खेल नेपालले माघ १९ गते सोमबार भूटानसँग प्रतिस्पर्धा गर्दैछ।

त्यस्तै आजै भएको उद्घाटन खेलमा बङ्गलादेशले भूटानमाथि १२–० को फराकिलो गोल अन्तरले जित हासिल गरेको छ ।













