मौसम बदलिएसँगै चिसो बढ्यो, उच्च भूभागमा हिमपात र वर्षा हुने अनुमान
  • प्रमुख खबर

Oplus_131072

माघ २१, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

यस प्रभावका कारण बुधबार(आज)बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

यस्तै आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

मौसममा आएको परिवर्तनले चिसो बढ्ने जसकारण दैनिक जनजीवन अलि कष्टकर हुनसक्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्।

यससँगै पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा  प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्