आज तराईमा कुहिरो, पहाड–हिमालमा वर्षा र हिमपातको पूर्वानुमान
  • प्रमुख खबर

माघ २७, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार(आज) तराई भू-भागमा तुवाँलो लागेको छ । आज दिउँसो पनि यस क्षेत्रका भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति भने तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने समेत जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्