माघ २७, काठमाडौं ।।
आगामी २१ फागुन हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले चेतनामूलक टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ।
विषेशगरी आयोगले निर्वाचन प्रचारप्रसार, आचारसंहिता र मतदाता शिक्षाबारे जानकारी फैलाउन यो अभियान सञ्चालन गरेको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुकले अधिकतम एक मिनेटको सिर्जनात्मक भिडियो तयार गरी टिकटकसँगै युट्युब र फेसबुकमा पोस्ट गर्नुपर्नेछ।
पोस्ट गरिएका भिडियोमध्ये भ्युजका आधारमा उत्कृष्ट तीन भिडियो छनोट गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार यस प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागीहरूले आफूले बनाएको भिडियोको लिंक फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेल [email protected] मा पठाइसक्नुपर्ने पनि जनाएको छ।












