माघ २७, पोखरा ।।
पोखराको लामाचौरस्थित अमलाविसौंनीमा भएको स्कुटर दुर्घटनामा परी एक जना युवाको मृत्यु भएको छ ।
पोखरा १९ घार्मीबाट लामाचौर तर्फ आईरहेको ग १० प २५२१ नम्वरको स्कुटर ब्रेक फेल भई दुर्घटनामा पर्दा पोखरा १६ अम्विका थरका १८ बर्षिय नारायण गुरुङको ज्यान गएको हो । स्कुटरमा सवार अन्य २ जना मध्ये सोही वडाका चरण गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको र अर्का अन्नपुर्ण ४ सल्यानका विज्ञान केसीलाई सामान्य चोट लागेको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ । ३ जना एउटै स्कुटरमा सवार रहेको र ओरालो सडकमा नियन्त्रण हुन नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अनियन्त्रीत स्कुटर घर अगाडीको रेलिङमा आएर ठोक्किएको थियो । विद्यालय पोशाक मै रहेका उनीहरु पोखरा आदर्श विद्यालय बगरमा अध्ययनरत विद्यार्थी रहेको बताईएको छ ।












