फागुन २, काठमाडौं ।।
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वायुको प्रभावले हाल देशभर आंशिक बादल लागेको छ।
शनिबार(आज) दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ ।
यस्तै बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । त्यस्तै आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा भने आंशिक बादल लाग्ने र बाँकी भागमा मुख्यतया मौसम सफा रहने समेत महाशाखाले उल्लेख गरेको छ।











