साथीको स्मृतिमा क्लबले गर्यो मानव सेवाआश्रमलाई खाद्यान्न वितरण
  • संजय थापा

फागुन ०४, पोखरा ।।
पोखरामा अवस्थित स्पोट्स डेभलपमेन्ट फोरम पोखरा १८, ले महाशिवरात्रीको अबसर पारेर पोखरा १७, छोरेपाटनमा अवस्थित मानव सेवा आश्रमलाई खाद्यान्न वितरण गरेको छ ।

क्लबका सह- कोषाध्यक्ष स्व. दीक्षा (खगिसरा) गुरुङको सम्झनामा मानव सेवा आश्रम छोेरेपाटनमा गई आश्रमा अबस्थित सम्पूर्णलाई खाना खुवाई खाद्यान्न सामानहरू वितरण गरेको क्लबका सदस्य मोनिका बस्नेतले जानकारी गराईन । कार्यक्रममा क्लबका सदस्यहरूको उपस्थितिमा मानव सेवा आश्रमा रहेका ८७ जनालाई खाना खुवाएको साथै नगद रू. १८५०० प्रदान गरेको र केही स्टेसनरी सामान र खाधन्न बितरण गरेको छ ।

यस क्लबले विगतका दिनहरूमा पनि विभिन्न कार्यक्रमहरु यस्तै सहयोगका भावनाहरु आदानप्रदान गर्दै आएको क्लबका सदस्य बस्नेतले जानकारी दिन्।

यस्तो सहयोगको भावनाले खाद्यान्न सामग्रीहरू मानव सेवा आश्रमलाई प्रदान गर्न पाएकोमा क्लब परिवारले खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यहरु सदा गरिरहने जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्