फागुन ०७, पोखरा ।।
नेपालका युवालाई खेलकुद, इन्जिनियरिङ, व्यवसायिक सोच, नव प्रबद्धन र अन्तर्राष्ट्रिय शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले एपलाई हब एजुकेसन नेटवर्कले एक महिनामै विभिन्न कार्यक्रमहरू गर्दै रू ४,२१,००० खर्च गरेको छ ।
संस्थाले आफूलाई केवल शैक्षिक परामर्श सेवामा सीमित नराखी युवा सशक्तिकरण, सामाजिक उत्तरदायित्व र सकारात्मक सामाजिक परिवर्तनका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ भने युवामा आत्मविश्वास, नेतृत्व क्षमता, टिमवर्क र सकारात्मक प्रतिस्पर्धा विकास गराउनु नै दीर्घकालीन लक्ष्य बताएको छ।
खेलकुद र विद्यार्थी कार्यक्रमहरूमा सक्रिय सहयोग यस संस्थाले पोखरा लगाएत शुक्लागण्डकी क्षेत्रका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक कार्यक्रमहरूमा प्रत्यक्ष सहयोग गरेको छ। पोखरा ईन्जिनेरिङ कलेज (wrc) साथै बिभिन्न कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुद र प्राविधिक कार्यक्रममार्फत अतिरिक्त गतिविधिमा जोड्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ।
यस संस्थाले केवल शैक्षिक र खेलकुद क्षेत्रमा मात्र नभई मानसिक स्वास्थ्य, सामाजिक एकता र मानवीय सम्बन्ध सुदृढीकरण मा समेत सक्रिय रहेको सन्देश दिएको छ।
विपन्न बालबालिकाको शिक्षामा अर्थपूर्ण सहयोग ठूला कार्यक्रम र प्रायोजनसँगै आर्थिक रूपमा कमजोर तथा विपन्न बालबालिकालाई किताब, कपी, स्टेशनरी तथा अध्ययन सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ।
विश्वका उत्कृष्ट गन्तव्यमा विद्यार्थी पठाउने लक्ष्य लिदै एपलाई हबलले विद्यार्थीलाई विश्वका प्रमुख शैक्षिक गन्तव्यमा पुर्याउने लक्ष्यसहित प्रत्यक्ष सहकार्य गर्दै आएको छ ।













