फागुन ०८, पोखरा ।।
“सेवा हि प्रमो धर्म” मुल उद्घोषका साथ पोखराको लामाचौरमा अबस्थित अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाजले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा २६ औ संस्करण खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र १६ नं. वडाका अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले संयुक्त रुपमा रक्तदाता नविन भण्डारी र बुद्धीबहादुर खत्री क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरेका थिए ।
२६ औं संस्करणको कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले स्वस्थ्य व्यक्तिले समय- समयमा रक्तदान गर्नु उत्तम कार्य रहेको बताए । साथै कसैका लागि रक्तदानले बिरामीलाई नयाँ जीवन दिने हुदा सम्पूर्णले रक्तदान गर्न आवाह्न गरे ।
त्यस्तै १६ का वडाध्यक्ष तिमिल्सिनाले मान्छेको जीवनमा रक्तदान नै पूण्य कार्य रहेको बताउदै । एउटा स्वस्थकर व्यक्तिले रक्तदान गर्नु नै उसको सबै भन्दा सदगुण रहेको बताए । <span;>वृहत रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको संस्थाका सचिव शोभा बानियाँले जानकारी दिन् ।
प्रादेशिक रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा एल सी ब्रदर्श युनाइटेड, युवा रेडक्रस सर्कल गण्डकी मावि, जुनियर रेडक्रस सर्कल इन्द्रराज्यलक्ष्मी मावि, अनुग्रहको सत्सङ्ग लामाचौरले सहकार्य गरेका थिए।
संस्थाले आयोजना गरेको रक्तदानमा नियमित रुपमा २५ औं पटकसम्म रक्तदान गर्ने समाजका पुर्व अध्यक्ष नविन भण्डारीलाई सम्मान समेत गरिएको थियो । यसै अवसरमा आजिवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको सह-सचिव राजकुमार पौडेलले जानकारी दिए । समाजका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य द्वीतिय उपाध्यक्ष हरिबहादुर थापाले राखेका थिए भने कार्यक्रम संचालन सचिव शोभा बानियाँले गरेकी थिईन् ।












