फागुन १३, पोखरा ।।
पोखरामा अबस्थित कन्या क्याम्पसमा अध्ययनरत छात्राहरूका लागी तीन महिने मन्टेश्वरी तालिम संचालन गरिएको छ । पोखरा मन्टेश्वरी एण्ड मल्टिपल ट्रेनिगं सेन्टरको प्राविधिक सहयोगमा तथा पोखरा महानगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा तालिम संचालन गर्न लागिएको हो ।
कार्यक्रमका सभापती तथा क्याम्पस संचालक समितिका अध्यक्ष शिवलाल मल्लले मन्टेस्वरी तालिम लिए पश्चात छात्राहरु आफ्नो देशमा मात्र नभई वैदेशिक रोजगारीका लागि सहयोगी हुने विचार व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष शान्तिदेवी पराजुलीले कन्या क्याम्पस पोखराको पहिलो चरणको तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा दोस्रो चरणको तालिमका लागि सहयोग गर्न लागेको बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले स्वागत मन्तव्य राखेका थिए । मानन्धरले छात्राहरुलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक शिक्षा तथा सीप प्रदान गर्न तालिमको आयोजना गरिएको बताए । पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा सचिव दमयन्ती पराजुली कुँवरले मन्टेस्वरी तालिमले छात्राहरुलाई आधारभूत ज्ञान प्राप्त हुने कुरामा जोड दिँदै तालिम सफलताको शुभकामना व्यक्त गरे । <span;>२५ जना छात्राहरू सहभागी रहेको उक्त तालिम क्याम्पसको मन्टेस्वरी तालिम कक्षमा ३ महिनासम्म संचालन हुने <span;>पोखरा मन्टेश्वरी तालिम केन्द्रका प्रिन्सिपल एवम् वरिष्ट प्रशिक्षक कल्पना थापा क्षेत्रीले जानकारी दिन् ।
कन्या क्याम्पस संचालक समितिका सदस्य प्रा.डा कृष्णराज अधिकारी गण्डकी विश्वविद्यालयको उपकुलपति भएकोमा सम्मान समेत गरिएको थियो। सोही कार्यक्रममा प्राध्यापक सङ्घका सभापति दिननाथ अधिकारी, शिक्षाशास्त्र संकायका प्रमुख भूमिराज पण्डित, पोखरा मन्टेश्वरी तालिम केन्द्रका प्रिन्सिपल एवम् वरिष्ट प्रशिक्षक कल्पना थापा क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए। भने कार्यक्रम संचालक सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले गरेका थिए।












