निर्वाचनअघि पर्सामा धार्मिक सद्भाव भड्काउने षड्यन्त्र विफल, ३ जना पक्राउ
  • प्रमुख खबर

Oplus_131072

फागुन २०, पर्सा ।।
निर्वाचनको पूर्वसन्ध्यामा पर्सामा धार्मिक सद्भाव खल्बल्याउने योजनासहित हिँडिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट ९ वटा सुतली बम र सुँगुरको टाउको बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेकाहरूले सुँगुरको टाउको मस्जिद परिसरमा फ्याँक्ने तयारी गरेका थिए।

उनीहरूले स्थानीय पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर र त्यसलाई धार्मिक स्थलमा लगेर फ्याँक्ने योजना बनाएका थिए। समयमै सूचना पाएपछि प्रहरीले निगरानी बढाएर उनीहरूलाई गएराति नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट नौ थान सुतली बम, केही तार तथा अन्य शंकास्पद सामग्रीसमेत बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार निर्वाचनको समयमा धार्मिक तनाव सिर्जना गरी हिंसा भड्काउने उद्देश्य देखिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्