निर्वाचन सुरक्षामा कडाइ : आज राति १२ बजेदेखि सवारीसाधन बन्द
  • प्रमुख खबर

Oplus_131072

फागुन २०, काठमाडौं ।।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ। सोहीअनुसार आज बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म अतिआवश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदान कार्य निष्पक्ष, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सरकारलाई सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाउन सिफारिस गरिएको थियो।

उक्त सिफारिसअनुसार मतदान अवधि भर सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। आयोगले निर्वाचनको दिन तीन प्रकारका सवारीसाधनलाई सञ्चालन अनुमति दिएको छ ।

अतिआवश्यक सेवाका सवारीसाधनमा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारी, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी, कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भई पास प्राप्त सवारीसाधन मात्र चलाउन पाउने छन्। यी बाहेक अन्य सवारीसाधन मतदान सम्पन्न नहुन्जेल सञ्चालन गर्न पाइने छैन।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्