कास्की क्षेत्र नं. २ मा रास्वपाका उत्तमप्रसाद पौडेलको बिजयी
  • प्रमुख खबर

फागुन २३, पोखरा ।।

प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९ सय ११ मतसहित विजयी हुएका छन् ।

यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्यले ७ हजार ४ सय ९३ मतसहित दोस्रो भए । भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला ६ हजार ५ सय मतसहित तेस्रो बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले १ हजार ६ सय ४३ मत, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २ सय ७६ मत, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २  सय १ मत प्राप्त गरेको कार्यालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्