१ हजार ४ सय २३ एम्पुल लागूऔषध सहित ४३ वर्षीय कमर पक्राउ
  • प्रमुख खबर

फागुन २६, पोखरा ।।
जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
४३ वर्षीय सुनिल कमर रहेका छन् । उनलाई प्रहरीले पोखरा-९, शान्तिवनबाट भारी मात्रामा अवैध लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

सो स्थानमा लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा हिजो साँझ ५ बजे खानतलासी गर्दा कमरको साथबाट प्रहरीले १ हजार ४ सय २३ एम्पुल लागूऔषध र एक थान मोबाइल बरामद गर्न सफल भएको हो ।

बरामद गरिएका लागू औषधिहरूमा डाईजेपाम ४ सय ६० एम्पुल, फेनारगन ४ सय ८१ एम्पुल र ब्रुफिन ४ सय ८२ एम्पुल रहेको छ ।

पक्राउ परेका कमरलाई कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी हिरासतमा राखिएको कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार उनीमाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्