चैत ०९, पोखरा ।।
नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र मालेपाटनले मंगलबार बिहान पोखराका दुई फिडरमा एक घण्टा बन्द हुने जनाएको छ ।
प्राधिकरणले बिहान ९ बजे देखि १० बजेसम्म ११ केभी सहिदचोक र बैदाम फिडर सटडाउन गरिने हुँदा ती क्षेत्रमा एक घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
पोखरा ग्रीड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सबस्टेशन भित्र रहेका ११ केभी फिडरहरूको प्यानलमा जडित प्रोटेक्सन रिले परीक्षण तथा प्यानल ओभरहोलिङ कार्य गर्न लागिएको जनाएको छ ।
साथै, पोखरा वितरण प्रणाली सुदृढीकरण आयोजना (अन्डरग्राउण्ड) अन्तर्गत पोल इरेक्शन कार्यसमेत सोही समयमा गरिने प्राधिकरणले जानकारी दिएको छ ।














