महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा ओली र लेखकलाई राखिने
  • प्रमुख खबर

चैत्र १४, काठमाडौं ।।
कार्की आयोगको सिफारिस अनुसार पक्राउ परेका
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।

अहिले पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ । स्वास्थ्य परीक्षण पश्चात उनलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ ।

लेखकलाई भने यसअघि नै सो स्थानमा पुर्‍याइसकिएको छ । शनिबार(आज) बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर टिचिङ अस्पताल लगिएको हो ।

आज शनिबार भएकोले उनीहरुलाई आइतबार मात्रै अदालत पेश तयारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्