चैत्र १८, काठमाडौं ।।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको कारण मौसममा केही परिवर्तन देखिएको छ । जस कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भू-भागमा बुधबार(आज)साधरणतया बादल लागेको छ ।
आज दिउँसो पनि देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।
यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ ।
पहाडी र तराईक भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।













