देउवा समूहको सक्रियता बढेसंगै कांग्रेसभित्र शक्ति संघर्ष चुलियो, अनुशासन समितिको बैठक बस्दै
  • प्रमुख खबर

Oplus_131072

चैत्र १८, काठमाडौं ।।
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । विषेशगरी पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेसँगै कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो ।

बैठक बुधबार(आज) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । गत शनिबार पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले त्यसलाई गम्भीर रुपमा लिएको
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएक छन् ।

कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनिएको र त्यसलाई निर्वाचन आयोगले समेत मान्यता दिइसकेको अवस्थामा देउवा समूहका खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल भएको थियो । तर मंगलबार खड्काले पुन:१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाई शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर कार्यक्रम गरेपछि विशेष महाधिवेशनबाट बनेको पुनर्गठित कांग्रेस रुष्ट बनेको हो ।

यस्तै देउवा पक्षीय खड्काले चैत्र १९ गते जिल्ला सभापतिको भेला समेत बोलाएको छ । यही विषयमालाई पनि लिएर पार्टीले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको दुलालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्