पोखरामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या, खोजी कार्य तिब्र
  • प्रमुख खबर

चैत २५, पोखरा ।।

पोखराको सभागृहचोकमा एक महिलाको हत्या भएको छ । बुधबार साँझ ७ बजेर भएको सो घटनामा एक युवकले महिलाको टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पोखरा– ८, सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने बाटोमा दायाँतर्फ सडकपेटीमा उभिरहेकी ती युवतीमाथि हतियार प्रहार गरेर युवक मोटरसाइकल चढेर भागेको प्रत्यक्षदर्शीले बताए ।

हत्या हुनेमा पोखरा ५, मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेको प्रहरीले बताए । प्रहारबाट उनी चिच्चाउँदै ढलेकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले घटनामा संलग्नको खोजी भइरहेको बताए ।

घटनास्थलमा अहिले ठूलो संख्यामा मानिसहरुको भिडभाड छ । प्रहरीले थप अनुसन्धान र प्रहार गर्नेको खोजी गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्