आज २७ औँ वनस्पति दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदै
  • प्रमुख खबर

चैत्र २९, काठमाडौं ।।
आइतबार(आज) २७औँ वनस्पति दिवस देशभर विविध जनचेतना मूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यस वर्षको नारा “समृद्धिका लागि वनस्पति” तय गरिएको छ ।

विषेशगरी यो दिवस जैविक विविधता संरक्षण, औषधीय महत्व, आर्थिक समृद्धि, वातावरणीय सन्तुलनको रूपमा रहेको एकदम महत्त्वपूर्ण छ ।

यसै दिवसको अवसरमा आज वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदैछ ।

यस अवसरमा जडीबुटी संरक्षण, अनुसन्धान, प्रवर्द्धन तथा व्यवसायीकरणसम्बन्धी अन्तरक्रिया, प्रदर्शनी र सम्मान कार्यक्रमहरू आयोजना गरिने विभागले जनाएको छ । यसका साथै देशका विभिन्न भागमा वृक्षारोपण, चेतनामूलक कार्यक्रम, जडीबुटी प्रदर्शनी तथा कृषक अभिमुखीकरण कार्यक्रम गरिने समेत जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्