राप्रपाभित्र धवलशमशेर पक्ष सक्रिय, लिङ्देन नेतृत्वमाथि महाधिवेशनमार्फत नयाँ नेतृत्वको माग
  • प्रमुख खबर

Oplus_131072

चैत्र २९, काठमाडौं ।।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्तरिक विवाद पुन:चर्किएको छ। पार्टीभित्रको आन्तरिक विवाद चर्किएसँगै असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको समितिलाई भंग गर्न माग गरेको छ।

आइतबार (आज)बसेको राप्रपाका महामन्त्री धवलशमशेर राणा पक्षधरको बैठकले वर्तमान समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउन माग गरेको हो ।

असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनसँग नेतृत्वलाई सच्चिने कि सकिने भन्ने गम्भीर प्रश्न गर्दै ३ बुँदे माग अघि सारेका छन् । उनीहरुले पार्टीलाई पुर्नजीवन दिन र नयाँ नेतृत्व चयनका लागि अविलम्ब केन्द्रीय महाधिवेशनको विकल्प नरहेको पनि बताए ।

विषेशगरी पार्टीभित्रको असन्तुष्ट पक्षले राखेका तीन बुँदे मागहरूमा महाधिवेशन गर्न निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्नुपर्ने र एकता महाधिवेशनपछि पार्टीको विधान र अनुशासन विपरीत भएका काम कारबाहीको छानबिन गर्न समिति गठन गरी आगामी महाधिवेशनमा प्रतिवेदन पेश गर्नुपर्ने रहेका छन् ।

अहिले पार्टीको म्याद थप गरिएपनि २०८३ जेठभित्र महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै असन्तुष्ट पक्षले यदि नेतृत्वले यी मागहरु सम्बोधन नगरे थप कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्