चैत ३०, पोखरा ।।
“कम्प्युटर शिक्षा आजकाे आवश्यकता,खेल खेलाै स्वस्थ बनाै ” भन्ने मुल नारा का साथ एसईई बिधार्थीहरूलाई लक्षित गरि खुल्ला समुहलाई खेल्न पाउने गरि दोस्रो पोकोम्याट एसईई फुटसल कप प्रतियाेगिता आयाेजना गरीएकाे हो ।
गत वर्ष जसरी यस बर्ष पनि खेल बिधार्थीलाई मध्य नजर गर्दै खेल संचालन गर्न लागिएको पोकोम्याटका संचालक राजकुमार गुरुङले जानकारी दिए ।
खेलमा २०८२ सालमा एसईई दिएर बसेका महिला र पुरुष सहभागी हुन सक्नेछन् । प्रतियाेगीताका लागी यही बैशाख १ गते सम्म समुह दर्ता गर्नु पर्ने छ भने २ गते टाईसिट घाेषणा गरी ३,४ र ५ गते खेल संचालन रहने आयोजकले जनाएको छ ।

त्यसै गरी खेलमा सहभागी हुनकोलागी समुह दर्ता शुल्क रु ९ रूपैयाँ लाग्नेछ भने एसईईको प्रवेश पत्र र ५ + ३ खेलाडी साथै २ जना टीम म्यानेजमेन्ट गरी १० जना समुहमा रहने छ । खेल संचालन बि- फट फुटसल, गणेशटोल पोखरामा हुनेछ । साथै यस बर्ष पनी विभिन्न पोकोम्याटमा कम्प्युटर शिक्षामा २०% छुट सहीत नयाँ भर्ना खुलेकाे आयोजकले जनाएको छ ।













