अदालतको निर्णयपछि खड्काको स्पष्टीकरण फिर्ता लिइने
  • प्रमुख खबर

वैशाख ७, काठमाडौं ।।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको अनुशासन समितिले सोधिएको स्पष्टीकरण फिर्ता लिने भएको छ ।

सोमबार(आज) सानेपामा बस्ने कांग्रेसको अनुशासन समितिको बैठकले उक्त स्पष्टीकरणलाई फिर्ता लिने भएको हो । पार्टीको चैत्र २ गते बसेको बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको बताइएको छ । तर यता खड्काले यसभन्दा अघिपनि अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरण अवैधानिक भन्दै अस्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्