जेनजी आन्दोलनको मौका छोपी कारागारबाट भागेका एक प्रतिवादी पक्राउ
  • प्रमुख खबर

oplus_0

वैशाख ८, पोखरा ।।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ती प्रतिवादीलाई प्रहरीले हिजो सोमबार पक्राउ गर्न सफल भएको हो ।

ती प्रतिवादी लागूऔषध मुद्दामा कारागार कार्यालय कास्कीमा पूर्पक्षका लागि थुनामा रहेका थिए । उनी पोखरा–१७, छोरेपाटन निवासी ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङ हुन् ।

फरार रहेका गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–६, दिगोपाटनबाट पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

त्यस्तै कास्कीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार जेनजी आन्दोलनमा जतिपनि फरार भएका प्रतिवादीहरू छन् तिनीहरूको खोजी गरी नियन्त्रण गर्ने अभियानलाई समेत थप तीव्र बनाइएको जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्