गृह मन्त्रालयको जिम्मेवारीमा सम्हालेको २३ दिनमै गुरुङको पद चैट
  • प्रमुख खबर

Oplus_131072

वैशाख ८, काठमाडौं ।।
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बुधबार(आज) राजीनामा बुझाएका हुन् ।

उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । गत वर्ष चैत्र १३ गते गृहमन्त्री पदमा नियुक्त भएका उनले जम्मा २३ दिन मात्र सो मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाए ।

उनले राजीनामा दिनुको मुख्य कारण विवादित लिबर्टी माइक्रोलाइभ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयरमा गरिएको लगानीका कारण चौतर्फी रूपमा आलोचना भएको थियो ।

यही आलोचनाका कारण नै उनले राजीनामा दिएको स्रोतले जनाएको छ। गृहमन्त्री नियुक्त भएर सुरुवाती दिनमा उच्च पदस्थका नेता तथा कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्