बलात्कारको आरोपमा समातिएका एमालेका नेता मल्ललाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
  • प्रमुख खबर

Oplus_131072

वैशाख ८, काठमाडौं ।।
नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बलात्कारको आरोप लागेका उनलाई जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले बुधबार(आज) पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

गत चैत्र १४ गते पक्राउ परेका उनीमाथि एक महिलाको जाहेरीका आधारमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो ।

ती महिलाका अनुसार उनी गीत गाउने काम गर्दै आएकी थिइन् । तर गित गाउने क्रमका एक आपसमा चिनजान भएका मल्लले आफूमाथि बलात्कार गरेको ति महिलाको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्