वैशाख १०, काठमाडौं ।।
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय परिवर्तन गरेको छ । यसअघि
वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म समय तोकिएकोमा अहिले थोरै हेरफेर गरेको हो ।
बिहीबार (आज) निर्वाचन समितिले एउटा विज्ञप्ति जारी गर्दै उम्मेदवार दर्ताको समय परिवर्तन गरेको जनाएको छ । संशोधित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्ने समय दिउँसो ३ देखि ४ बजेसम्मका लागि तय गरिएको छ।














