नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित
  • प्रमुख खबर

Oplus_131072

बैशाख १४, काठमाडौं ।।

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । पार्टीको सोमबार(आज) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।

विषेशगरी कांग्रेसको संसदीय दलको नेतामा दुई महिनादेखि तीन नेता भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यबीच रस्साकस्सी चलेको थियो । तर एकताको सन्देश दिनका लागि आजै बसेको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो ।

पार्टी सभापति गगन थापाले पूर्वसहमहामन्त्री समेत रहेका आङ्देम्बेलाई दलको नेता बनाउने प्रस्ताव गरेको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्