कास्की प्रहरीद्वरा लागूऔषधसहित ५५ वर्षीय हेमकमल के.सी. पक्राउ
  • प्रमुख खबर

बैशाख १५, पोखरा ।।
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा -१५ बस्ने ५५ वर्षीय हेमकमल के.सी.रहेका छन् ।

प्रहरीले उनलाई बैशाख १४ गते सोमबार साँझ करिब ५:१५ बजेको समयमा पोखरा -१५, चोरसाँघु क्षेत्रमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको हो ।

उनको साथबाट प्रहरीले डाईजेपाम, फेनारगन र ब्रुफिनोर्फिनका ८७/८७ एम्पुलका दरले जम्मा २ सय ६१ एम्पुल तथा करिब ३ सय ९० ग्राम गाँजा बरामद गरेको जनाएको छ।

पक्राउ परेका के.सी.लाई लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

पछिल्लो समय प्रहरीले लागूऔषध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडाइ गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्