बैशाख २२, काठमाडौं ।।
नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक चहलपहल फेरि एकपटक बढेको छ। सभापति गगनकुमार थापाले मंगलबार(आज) पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता डा. शेखर कोइरालालाई भेट्दैछन् ।
विषेशगरी आजको भेटमा पार्टीभित्रको समसामयिक राजनीतिक समीकरण, रणनीति र आगामी बाटोबारे छलफल हुने स्रोतले जनाएको छ।
स्रोतका अनुसार सभापति थापाले कोइरालासँग अहिले बिहान १० बजे भेटघाट गर्ने कार्यक्रम तय भएको जनाएको छ। यस्तै निर्वतमान कार्यवाहक सभापतिसँग भने बेलुकी ५ बजे भेट गर्ने बताइएको छ ।
कोइरालासँग थापाले एक्लै भेट्ने र खड्कासँग उपसभापति विश्वप्रकाश शर्मासहित भेटघाट गर्ने समेत स्रोतले जनायो । यसअघि बैशाख ६ गते सभापति थापाले गल्फुटारस्थित निवास पुगेर खड्कासँग भेटघाट गरेका थिए ।










