पोखरामा त्रिपुरा मल्टीपर्पोज बिजुली पसल संचालनमा
  • संजय थापा

बैशाख २६, पोखरा ।।
पर्यटनको राजधानी पोखरामा शुक्रबार देखि पोखरा त्रिपुरा मल्टीपर्पोज बिजुली पसल संचालनमा आएको छ । सोही कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्य र वडा नं. ८ का वडा अध्यक्ष रूद्रनाथ बरालले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष द्वोयले आफ्नो देशमा केही उधम् गर्छु भनेर अगाडी बढेकोमा खुसी व्यक्त गर्दै युवाहरुलाई रोजगार सँगसँगै व्यापार व्यवसायमा अगाडी बढ्न प्रेरित गर्नुको साथसाथै आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे ।

देशभरमै युवाहरूको विदेश जाने लहर चलेसँगै आफ्नो देशमा केही उद्यम गर्छु भनेर अगाडी बढेको बिजुली पसलका सञ्चालक विवेक सापकोटाले बताए । सापकोटा भन्छन् लगभग १ करोडको लागतमा व्यवसायलाई अगाडि बढाएको छु, अब सरकार परिवर्तन भएको छ। देशमा युवाले रोजगार पाउँछन् भन्नेआस लागेको छ, यो सँगसँगै मैले पनि आफ्नो देशका लागि आफ्नो जन्मभूमिमा केही गर्छु भनेर व्यापार व्यवसायमा अगाडी बढेको बताए ।

उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भने यस बिजुली पसलमा पोखरामा मात्र नभई देशभर नै सामान खरिद गर्नुहुने ग्राहकहरुलाई होलसेल साथै सर्वसुलभ मूल्यमा सामान बिक्री वितरण गरिने सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्