वैशाख ३१,पोखरा।।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नम्बर २ मा स्थानीय समिति गठन गरिएको छ।
वडा अध्यक्ष दिवसमान प्रधानङ्ग को अध्यक्षतामा गठित उक्त समिति बाल तथा महिला सशक्तिकरण समाज नेपाल, कास्कीको आयोजनामा तथा गुड सेफर्ड इन्टरनेसनल फाउन्डेसन नेपालको आर्थिक सहयोगमा गठन गरिएको हो।
वडा नम्बर २ , बिन्दबासिनी स्थित वडा सभा हलमा सम्पन्न कार्यक्रममा परियोजना अधिकृत इन्दिरा पराजुली ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा उहाँले CWES संस्थाको परिचय दिँदै AASTHA परियोजनाअन्तर्गत GSIF नेपालले प्रदान गरिरहेको आर्थिक तथा प्राविधिक सहयोगबारे जानकारी गराउनुभयो।

उहाँका अनुसार परियोजनाले लक्षित वर्गको पहिचान, उद्देश्य तथा कार्यक्षेत्र निर्धारणसँगै मानव बेचबिखनबाट प्रभावित व्यक्ति तथा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ।

वडा अध्यक्ष प्रधानङ्गको संयोजकत्वमा गठित १३ सदस्यिय समितिमा महिला जनप्रतिनिधि सुनिता विश्वकर्मा, आमा समूहबाट दुर्गादेवी सुवेदी, मेलमिलापकर्ता तारा सुवेदी, बाल संरक्षण समितिबाट बसन्तराज पाण्डे, बाल क्लबबाट सक्षम चपाईं, स्थानीय पत्रकार तथा प्रमुख मिडिया प्रा.लिका सन्तोष पराजुली, प्रहरी प्रमुख रामप्रसाद सापकोटा, महिला स्वयंसेविका लक्ष्मीकुमारी रेग्मी गौतम, टोल विकास समितिबाट शान्ति अधिकारी , मनोनित सदस्यहरुमा युवा क्लबबाट रुपेश शाई र समाजसेवि हरुबाट रमेश ज्यापु एवम वडा सचिव याचना खवास सदस्य सचिवमा रहेका छन ।
कार्यक्रममा सहभागीहरूलेमानव बेचबिखन जस्तो गम्भीर अपराध नियन्त्रणका लागि स्थानीय तहबाटै सक्रिय पहल आवश्यक रहेकोमा जोड दिएका थिए। साथै समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै सुरक्षित समाज निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको थियो।











