एमाले सचिवालय बैठक गुण्डुमा बस्दै, कार्यविभाजन टुङ्ग्याउने तयारी
  • प्रमुख खबर

Oplus_131072

जेठ ८, पोखरा ।।
नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उक्त बैठक उनकै निवासमा बसेको हो ।

आजको यस बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको एमालेको सचिवालयले जनाएको छ।

आजको बैठकमा गत जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजन सम्बन्धी प्रस्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी रहेको छ ।

बैठकले पारित गरेको कार्यविभाजनलाई अन्तरपार्टी निर्देशनमार्फत मातहतका कमिटी र सम्बन्धित नेताहरूलाई पठाइने एमालेले जनाएको छ ।

पार्टीको गत वर्ष पुस ३ गते सम्पन्न भएको ११ औँ महाधिवेशनपश्चात यसअघि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो ।

आजको बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर यसपटक नेताहरूलाई नयाँ ढङ्गले जिम्मेवारी सुम्पिन लागेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्