जेठ ८, काठमाडौं ।।
जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सरकारी कार्यालयहरू बन्द हुने भएका छन्। बकर ईद र गणतन्त्र दिवससँगै नियमित साप्ताहिक विदा जोडिँदा यस पटक लामो विदा हुन गएको हो।
गृह मन्त्रालयले शुक्रबार(आज) विज्ञप्ति जारी गर्दै जेठ १४ गते परेको बकर ईदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेसँगै लगातार ४ दिन विदा परेको हो । यसअघि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा समेत सरकारले सार्वजनिक विदा दिने तय गरिसकेको छ।
यस्तै जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक विदा परेको हुँदा चार दिन लगातार सरकारी कामकाज ठप्प हुने भएको हो ।











