काभा महिला भलिबल : पहिलो जितको खोजी सहित कोर्टमा उत्रँदै नेपाल
  • प्रमुख खबर

जेठ ९, पोखरा ।।
काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले शनिबार(आज) किर्गिस्तानसँग खेल्दैछ ।

प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । यसअघि समूह ‘ए’ मा रहेका भारत र माल्दिभ्सबीच भने दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा  भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले आज भने जित हात पार्ने लक्ष्यसहित कोर्ट प्रवेश गर्दैछन् ।

आजको खेल जितेमा नेपालले सेमिफाइनल यात्रा पक्का हुनेछ । यता पहिलो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानले ३ अंक जोडेको छ । समूह ‘ए’मा रहेका किर्गिस्तान ३ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै भारतको २ र नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अन्तर्गत नेपाल भलिबलको संघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको यस च्याम्पियनसिपमा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागिता छन् । यस च्याम्पियनसिपको विजेता महिला एसिया कपमा छनोट हुने नेपाल भलिबल संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्