वडा नं. २० मा नि:शुल्क वृहत आँखा शिविर कार्यक्रम सम्पन्न २०० बढी लाभाम्बित 
  • प्रमुख खबर

जेठ  १७, पोखरा ।।

पोखरा महानगरपालिका वडा नं. २० भलाममा नि:शुल्क वृहत आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

पद्म नर्सिङ होमको प्राविधिक सहयोगमा वडा कार्यालय पोखरा वडा नं. २० ले आयोजना गरेको शिविरमा त्यस क्षेत्रका २०५ जनाको आँखा जाँच गरिएको थियो । नेत्र विशेषज्ञ प्रा.डा सचेत प्रभात श्रेष्ठको नेतृत्वमा खट्टिएको विशेषज्ञ टोलीले आँखा जाँच गरेको थियो । शिविरमा जाँच गरिएका मध्ये करिब १ सय जनामा मोतियाविन्दुको समस्या देखिएपछि थप उपचारका लागि सिफारिस गरिएको वडाध्यक्ष गंगा बहादुर केसीले जानकारी दिए ।

आँखा जाँचमा आएका ५० जनालाई चश्मा लगाउन सुझाव दिईएको छ । अन्यलाई आँखा परिक्षणसहित निशुल्क औषधी वितरण गरिएको छ । शिविरमा नेत्र विशेषज्ञ डा.जितेन्द्र पौडेल, बालरोग विशेषज्ञ डा.राजन पौडेल,डा.सुस्मिता अधिकारीसहित प्राविधिक तर्फ रजनी पालिखे, अन्जना थापा,सुशीला घले, शिव शर्मा र धिरज गौतम सहभागि थिए ।

आफ्नै घर आँगनमा स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय निकै खुशी समेत भएका थिए । कार्यक्रममा वडाध्यक्ष केसीले आँखा जाँचसम्वन्धि सामाग्री हस्तान्तरण गर्दै शुभारम्भ गरेका थिए । उनले आँखा मानव जीवनको संवेदनशील अङ्ग भएको बताउँदै, यो लगायत नियमित रुपमा स्वास्थ्य जाँच गर्नुपर्ने बताए । वडाको नेतृत्व सम्हालेको चार वर्ष पुरा भएको र यो अवधिमा वडाबासीलाई घरदैंलोमै स्वास्थ्यसहितका सेवा निरन्तर रुपमा प्रदान गर्दै आईरहेको वडाध्यक्ष केसीले बताए ।

कार्यक्रमको संचालन वडाका सहायक प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले गरेका थिए । त्यस अवसरमा वडाले प्राविधिक सहयोग गर्ने पद्म नर्सिङ होमका अध्यक्ष यादव गौतमसहितको टोलीलाई आभार व्यक्त समेत गरेको छ । वडाले यस अघि पनि बिभिन्न संस्थाको सहयोगमा नागरिक लक्षित कार्यक्रम संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्