रास्वपा सभापति रवि लामिछाने र अमित शाहबीच आज भेटवार्ता हुँदै
  • प्रमुख खबर

Oplus_131072

जेठ १९, काठमाडौं ।।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन् । पाँच दिने भ्रमणमा रहेका उनले मंगलबार(आज) शाहसँग भेटवार्ता गर्ने भएका हुन् ।

उनको सचिवालयका अनुसार आजको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्