- जेठ १९, काठमाडौं ।।
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको नेपाली कांग्रेसले संसदीय समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको छ। उसले संसद् अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने निर्णय गरेको हो ।
नेपाल – भारत सिमानाका विषयमा आइतबार संसद्मा विवादित अभिव्यक्ति दिएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा आएर माफी नमागुञ्जेल कांग्रेसले बैठक बहिष्कार गर्ने जनाएको छ ।
कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेठ २५ गतेसम्म सबै संसदीय समितिका कुनैपनि बैठकमा आफ्नो पार्टीले सहभागीता नजनाउने निर्णय गरेको बताए ।
सांसदलाई कानुनभन्दा माथि राख्नेगरी प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै कांग्रेसले आपत्ति समेत जनाएको छ ।










