डुंगा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न फेवातालमा बिमा व्यवस्था
  • प्रमुख खबर

जेठ २५, पोखरा ।।
फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुहरुको बिमा गरेको छ । संगठनले शिखर इन्स्योरेन्स कम्पनीसंग आगामी १ वर्षका लागि बिमा गरेको हो ।

अब फेवातालमा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै मानविय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिएका छन् ।

फेवातालमा वर्षेनी विभिन्न किसिमका दुर्घटनाहरु हुँदै आएका छन् । बिमा गरेसंगै डुंगा चालकहरुले पनि सुरक्षाको महशुस गरेका छन् ।

फेवातालका विभिन्न ८ वटा डुंगा स्टेशनबाट ८ सय ४७ डुंगा सञ्चालन भइरहेका छन् । यहाँ झण्डै ३ सय ५० जना डुंगा चालक रहेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्