ढिलै भए पनि कृष्णले पाए न्याय
  • प्रमुख खबर

जेठ २६, पोखरा ।।

कहिलेकाहीँ साना लाग्ने घटनाहरूले कसैको जीवनमा कति ठूलो अर्थ राख्दछ भन्ने कुरा आज पोखरा महानगरपालिका वडा नं. २६ कार्यालयमा भएको एउटा छलफलले स्पष्ट पारेको छ ।

हाम्रै वडाका बौद्धिक अपाङ्गता भएका कृष्ण थापाले सार्वजनिक यातायात प्रयोग गर्ने क्रममा भोग्नुपरेको पीडा र समस्याका विषयमा सरोकारवाला बेगनासताल पोखरा यातायात प्रालिका प्रतिनिधिहरूसहितको उपस्थितिमा एउटा सार्थक छलफल भएको छ ।

छलफलले केवल समस्या मात्र औंल्याएन, एउटा उदाहरणीय समाधान पनि निकालेको छ । आगामी दिनमा कृष्ण र कृष्ण जस्तै अन्य नागरिक प्रति यस्ता दुर्व्यवहारका घटना दोहोरिन नदिने प्रतिबद्धता जनाइएको छ । कृष्णको सम्मान र समाजमा उनको छुट्टै पहिचानका लागि वडा कार्यालयले विशेष पोशाक उपलब्ध गराउने भएको छ।

सोही पोशाकका आधारमा प्रा।लि। अन्तर्गतका बसहरूले उनलाई सहज र सुरक्षित यात्राको सुविधा दिनेछन् । साथै, उनलाई यात्राको क्रममा भाडामा पूर्ण सहुलियत निःशुल्क यात्रा उपलब्ध गराउन समितिलाई अनुरोध गर्ने निर्णय समेत भएको छ।

भौतिक विकास मात्र विकास होइन, समाजका सबैभन्दा विशेष अवस्थाका नागरिकले सुरक्षित र सम्मानित महसुस गर्न पाउनु असली विकास हो। ढिलै भए पनि कृष्णले न्याय पाएका छन्। आशा छ, यो कदमले बौद्धिक अपाङ्गता र अन्य अपाङ्गता भएका हरेक नागरिकलाई समाजमा सम्मान र अपनत्वको अनुभूति गराउनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्