जेठ २८, काठमाडौं ।।
पूर्वअर्थमन्त्री तथा नेकपा सांसद वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण प्रक्रियामा चुहावट भएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
उनले हाउसमा टेबल भइसकेका विषयवस्तु परिवर्तन हुनु सामान्य विषय नभएको उल्लेख गर्दै यसबारे गम्भीर अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका फाइलहरू खोल्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै आफू अर्थमन्त्री भएको समयदेखिको सबै फाइलहरू छानबिनका लागि खोल्न चुनौतीसमेत दिए।
विषेशगरी पुरानाले गल्ती गरे भन्दैमा नयाँले पनि गल्ती गर्न नपाउने पनि बताए।









