नयाँ दल गठनको तयारीमा जुटे दुर्गा प्रसाईँ र पूर्वउपप्रधानमन्त्री धवल शमशेर राणा
  • प्रमुख खबर

Oplus_131072

अषाढ ३, काठमाडौं ।।
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा शुरु भएको छ ।

विषेशगरी पूर्वउपप्रधानमन्त्री धवल शमशेरसँग पार्टी गठनको तयारीमा रहेका प्रसाईँ नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक बुधबार(आज)देखि शुरु भएको हो। उनीहरूबीच केही दिनभित्र नयाँ पार्टीको घोषणा गर्ने तयारी छ ।

नयाँ पार्टीको साङ्गठनिक नेतृत्व धवल शमशेर राणाले गर्ने र अभियानका संयोजक दुर्गा प्रसाईँलाई भने पार्टीको सर्वमान्य नेताका रूपमा अगाडि सार्ने समझदारी दुई पक्षबिच भएको छ।

स्रोतका अनुसार नयाँ पार्टीको संगठनात्मक नेतृत्व राणाले सम्हाल्नेछन् भने अभियानका संयोजक दुम प्रसाईँलाई पार्टीको सर्वमान्य नेताका रूपमा अघि सारिने समझदारी बनेको छ।

नयाँ दल गठनको तयारीसँगै यसको संरचना, नेतृत्व बाँडफाँट, संगठन विस्तार र आगामी राजनीतिक कार्यदिशाबारे बैठकमा विस्तृत छलफल भइरहेको जनाइएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्