विश्वकप लिग–२को लागि राष्ट्रिय टोली घोषणा, यस अघि टोलीले बेलायतमा तयारी भ्रमण गर्ने
  • प्रमुख खबर

Oplus_131072

अषाढ १२, काठमाडौं ।।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ तथा बेलायत तयारी भ्रमणका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेदरल्याण्ड्समा हुने विश्वकप लिग–२ तथा बेलायत तयारी भ्रमणका नेपाली टोलीको घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानी र दीपेन्द्र सिंह ऐरीको उपकाप्तानीमा नेपाली टोलीले उक्त विश्वकपमा सहभागिता जनाउने क्यानले जनाएको छ ।

पौडेल र ऐरीसहित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

त्यस्तै साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरा वैकल्पिक खेलाडीका रूपमा राखिएका छन् ।

क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाली राष्ट्रिय टोली सार्वजनिक गर्दै प्रतियोगिता अघि सो टोलीले बेलायतमा तयारी भ्रमणसमेत गर्ने तय भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्